बालेनले प्रचण्डलाई फर्काए मुख भरिको जवाफ

सोमबार, २३ भाद्र २०८२

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत भएको बताएका छन्।

भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक रहेको उनले फेसबुकमार्फत बताएका हुन्। साथै उनले प्रदर्शनमाथि बल प्रयोग गर्ने धृष्टता नगर्न सरकारलाई चेतावनी दिएका छन्।

यसको जवाफस्वरूप प्रचण्डकै फेसबुक पोस्टमा कमेन्ट गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जवाफ फर्काएका छन् ।

उनले भनेका छन्, “एकादेशमा टिकटक पनि बन्द भएको थियो। हजुर प्रधानमन्त्री हुँदा पनि म मेयर नै थिएँ, काम हजुरबाट पनि केही भएन, कमरेड । मेरो लागि एक दिन दिएको भए म काठमाडौंको खोलानाला फेरिदिन्थे ।” प्रचण्डको पालामा टिकटक बन्द भएको थियो । जुन निर्णयको पनि अहिले सामाजिक सञ्जाल बन्द हुँदाजस्तै विरोध भएको थियो ।