बानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर तीन जना पत्रकार घाइते
काठमाडौं – काठमाडौंको बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर कम्तिमा पनि तीन पत्रकार घाइते भएका छन् ।
कान्तिपुर टीभी, नयाँ पत्रिका र नेपाल प्रेसमा कार्यरत पत्रकारलाई गोली लागेको बताइएको छ ।
कान्तिपुर टीभीका अनुसार फिल्डमा खटिएका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन् ।
अहिले उनीलाई सिभिल अस्पताल लगिएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा