जेनजी पुस्ताको आन्दोलनमाथि सरकारी दमन रोक्न विप्लवको माग

सोमबार, २३ भाद्र २०८२

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले (जेनजी) पुस्ताको आन्दोलनमाथि सरकारी दमन रोक्न माग गरेको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै नेकपाका महासचिव विप्लवले (जेनजी) को आन्दोलनको बिषयमा सरकारले आन्दोलनरत पक्ष र राजनितिक पार्टीसंग कुनै छलफल नै नगरी आन्दोलनमाथि ब्यापक दमन गर्नु निन्दनीय भएको बताउंदै (जेनजी) माथिको दमन रोक्न माग गरेको छ ।

साथै सामाजिक संजालमाथि लगाएको प्रतिबन्ध फुकुवा गरि वार्ताद्वारा समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । संघर्षरत पक्षलाई संयमता नगुमाउन आग्रह गर्दै  घटनाको सत्यतथ्य छानविन गर दोषीमाथि कारवाही गर्न समेत सरकारसँग जोडदार माग गरेको छ ।

‘महासचिव विप्लावाद्वारा जारी विज्ञप्तीमा भनिएको छ,” सोमबारदेखि शुरु भएको नयाँ पुस्ताको आन्दोलन (जेन जी संघर्ष) को विषयमा सरकारले संघर्षरत पक्ष र राजनीतिक पार्टीहरुसँग कुनै छलफल गरेको छैन । अर्कोतर्फ ब्यापक दमन गरेको छ । त्यसप्रकारको अवस्थाप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी सरकारलाई सामाजिक सञ्जालमाथिको अवरोध रोक्न र वार्ताद्वारा समस्या समाधान गर्न, दमन बन्द गर्न अनुरोध गर्दछ । संघर्षरत पक्षलाई संयमता नगुमाउन र घटनाको सत्यतथ्य छानविन गर दोषीमाथि कारवाही गर्नसमेत सरकारसँग माग गर्दछ ।”

Zen G pusta