नेपाली कांग्रेसको सरकारबाट बाहिरिने तयारी

सोमबार, २३ भाद्र २०८२

काठमाडौं—जेन्जी पुस्ताको आन्दोलनमा दमन भएपछि नेपाली कांग्रेसले सरकारबाट बाहिरिने तयारी थालेको छ ।

नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखक निरिह हुँदा प्रधानमन्त्री केपि शर्मा ओलीले हस्तक्षेप गर्दै युवामाथि दमन गरेको ठहर गरका छन् । दोश्रो पुस्ताका नेताहरुले सरकारबाट बाहिरिदै जेन्जीका मागहरुमा सम्बेदनशील हुनुपर्ने भन्दै नेतृत्वलाई दवाव दिएका छन् ।

उनीहरुको दवावपछि सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको आकस्मिक बैठक राखेका छन् । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुनेछ ।

जेनजीले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १७ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् ।

केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् । ‘गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्‍यो । यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनु पर्‍यो,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘युवाहरुको मृत्युप्रति गृहमन्त्री लेखक उत्तरदायी हुनुपर्छ ।