नेपाल बन्दको घोषणा

सोमबार, २३ भाद्र २०८२

जेन्जी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेपछि नेपाल बन्दको घोषणा गरिएको छ । ग्रेटर नेपाल कम्युनिस्ट पार्टीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको घोषणा गरेको हो । जेनजीले उठाएका माग आम नेपाली जनताका माग भएको भन्दै उक्त पार्टीले माग पुरा गराउन नेपाल बन्द आह्वान गरेको जनाएको छ ।

शान्तिपुर्ण प्रदर्शन माथि प्रहरीले दमन गरेर दर्जनौं युवाको ज्यान लिएपछि नेपाल बन्द गर्नुपरेको पार्टी संयोग मुक्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।