सामाजिक सञ्जाल एक्सको नेपालको जेन्जी पुस्तालाई समर्थन
काठमाडौं—सामाजिक सञ्जाल एक्सले नेपालको जेन्जी पुस्तालाई समर्थन गरेको छ ।
जेन्जीले उठाएको मागलाई सम्बोधन नभएसम्म नेपालमा आफ्नो कम्पनी दर्ता गर्न नआउने सन्देश पठाउँदै एक्सले उनीहरुको समर्थन गरेको हो ।
नेपाल बढी भ्रष्टाचार हुने देशमा पर्ने र अभिव्यक्ति स्वतन्त्रता पनि नभएको भन्दै एक्सले भ्रष्टाचार नियन्त्रण नभएसम्म दर्ता प्रक्रियामा नआउने जवाफ पठाएको हो । संचार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार एक्सले पत्र पठाएर दर्ता हुन नआउने स्पष्ट गरेको छ ।