जेन जीले गर्यो अनिश्चितकालीन शैक्षिक संस्था बन्दको घोषणा
काठमाडौँ – जेनजीको आह्वानमा स्कुल, कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । जेनजी मुभमेन्टका क्रममा युवा, विद्यार्थीहरुको ज्यान गएपछि मंगलबारदेखि अनिश्चितकाल सम्मका लागि शैक्षिक संस्था बन्दको आह्वान गरेका हुन् ।
जेन जीले मंगलबारदेखि कक्षामा कुनै पनि विद्यार्थी सहभागी नहुने र सम्पूर्ण स्कुल, कलेज र विश्वविद्यालय अनिश्चित कालका बन्द हुने घोषणा गरेका छन् । सोमबारको आन्दोलनका क्रममा १८ भन्द बढी युवाको मृत्यु भएको छ ।