प्रधानमन्त्री ओलीको बालकोटको घर आन्दोलनकारीले पारे ध्वस्त

मंगलबार, २४ भाद्र २०८२

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित निजी निवासमा प्रदर्शनकारीहरूले आन्दोलनकारीले ध्वस्त पारेका छन्  ।प्रदर्शनकारीहरूले एमाले पार्टी कार्यालय, कांग्रेस पार्टी कार्यालय र नेताहरूको निवासलाई निशाना बनाएका छन्।

यसअघि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र एमाले महासचिव शङ्कर पोखरेलको घरमा पनि आगजनी भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी भएको छ । प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष समेत रहेका ओली निवासमा मंगलबार आगजनी गरेका हुन्।

उनीहरुले एमाले पार्टी कार्यालय, कांग्रेस पार्टी कार्यालय, कांग्रेस सभापति शेरबहादुर देउवाको निवास, सञ्चारमन्त्री पृथ्वीसुव्वा गूरुङलगायतको निवासमा आगजनी र तोडफोड भइसकेको छ ।

त्यस्तै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र एमाले महासचिव शङ्कर पोखरेलको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।