रास्वपाका सबै सांसदहरुले दिए सामुहिक राजिनामा

मंगलबार, २४ भाद्र २०८२

काठमाडौँ – रास्वपाका २० जना सांसदले सामुहिक राजीनामा घोषणा गरेका छन् ।

सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले सोमबार साँझ माग सम्बोधन नहुने स्थितिमा आफ्ना सांसदलाई राजीनामा गर्न तयार भएर बस्न भनेका थिए ।

जेनजी युवाहरूको प्रदर्शनका क्रममा सोमबार प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले दमन गरेपछि स्थिति नियन्त्रणबाहिर गएको छ । रास्वपाले जेनजी युवाहरूको प्रदर्शनमा ऐक्यबद्धता जनाएको थियो ।

मंगलबार पनि युवाहरू काठमाडौंसहित देशैभर सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले संसद बिघटनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका छन् । प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन् । जसमध्ये सांसद असिम शाहले यसअघि नै राजीनामा घोषणा गरिसकेका छन् ।


मोटिभेट न्यूज

मोटिभेट न्यूज डटकम सकारात्मक पत्रकारिताको पर्याय हो । नेपालमा सकारात्मक पत्रकारिताको अभ्यास गर्ने पहिलो तथा एक मात्र सञ्चार माध्यम मोटिभेट न्यूज सकारात्मक पत्रकारितामार्फत समाज रूपान्तरणका लागि लागिरहेको छ । 

प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा

© 2017 copyright and all right reserved to Motivatenews | Site by : sobij