रवि लामिछानेको मुद्धा भएको सबै अदालतको कागजात नस्ट

बुधबार, २५ भाद्र २०८२

काठमाडौँ – जेन-जी प्रदर्शनकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा रहेका सबै अदालतहरूमा आगजनी गरेका छन्। पार्टी सभापति लामिछानेलाई केपी ओली नेतृत्वको सरकारले अनाहकमा दुख दिएको भन्दै रविका समर्थकहरूले खोजी खोजी ती जिल्ला अदालतहरूमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीले काठमाडौं जिल्ला अदालतभित्र रहेको मिसिलको सम्पूर्ण फाइल र अदालतको भौतिक संरचनामा आगजनी गरेर ध्वस्त पारिदिएका छन् ।

सिराहा र सप्तरी जिल्ला अदालत पनि आगजनीबाट ध्वस्त भएको छ । जिल्ला अदालत रौतहटमा तोडफोड तथा आंशिक आगजनी गरिएको छ ।

मकवानपुर जिल्ला अदालत र सँगै रहेको सर्वोच्च अदालतको डाटा सेन्टर पनि आगजनीबाट ध्वस्त भएको छ ।त्यसै गरी चितवन जिल्ला अदालत पनि आगजनीबाट ध्वस्त पारिएको छ । त्यहाँका मिसिल, इजलास आदि केही बाँकी नरहेको बुझिएको छ ।

बाँके जिल्ला अदालतमा बुधबार अपराह्नसम्म पनि आगो बलिरहेको छ ।रुपन्देही जिल्ला अदालतमा पनि तोडफोड, भौतिक संरचना पूरै ध्वस्त र गाडीमा आगजनी गरिएको छ ।

रुपन्देहीमा बुधबार बिहान कैदी बन्दी बाहिर आएर अदालतमा आगजनी गर्नुका साथै अदालतका अधिकांश मिसिल र राय किताब समेत बाहिर ल्याएर जलाएका छन् । चितवन जिल्ला अदालत पनि ध्वस्त पारिएको छ र त्यहाँ कुनै तथ्यांक बाँकी रहेको छैन ।

कास्की जिल्ला अदालतमा पनि आगजनी गरी सम्पूर्ण मिसिल नष्ट गरिएको । पर्सा जिल्ला अदालतमा पनि आगजनीको प्रयास भएको थियो, यद्यपि त्यहाँ नेपाली सेनाले सुरक्षा दिएर क्षति हुनबाट जोगाएको छ ।

काठमाडौं बाहिर जुन जुन जिल्ला अदालतमा आगजनी भएका छन्, ती सबैजसो अदालतहरूमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा रहेको थियो ।