काठमाडौंमा एउटै पासोमा झुण्डिएको अवस्थामा महिला–पुरुषको शव भेटियो
काठमाडौं – काठमाडौंमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो ।
अन्दाजी ३०–३५ वर्षका महिला र पुरुषको शव भेटिएको छ । अहिले घटनास्थल गएर मुचुल्का गर्ने काम भइरहेको प्रहरीले बताएको छ ।
उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा