संसद विघटन गर्ने सहमति

शुक्रबार, २७ भाद्र २०८२

राष्ट्रपति रामचन्द्र पौडेल र आन्दोलनकारी जेन जी समुहबीच संसद बिघटन गर्ने सहमति भएको छ । अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा सुशिला कार्कीले सपथ ग्रहण गरेर पहिलो मन्त्रिपरिषद बैठकको निर्णयबाट संसद बिघटनको निर्णय गरि राष्ट्रपतिलाई सिफारिस गर्ने सहमति भएको हो ।

नव नियुक्त सरकारले गरेका सिफारिस अनुसार राष्ट्रपति पौडेलले संसद बिघटनको निर्णय गर्ने समझदारी बनेको हो । स्रोतका अनुसार सम्भव भएसम्म आजै राति पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरि सपथ ग्रहण गराइनेछ ।

आज सम्भव नभए शनिबार कार्कीले प्रधानमन्त्रीको सपथ ग्रहण गर्नेछिन् । कार्की नेतृत्वको सरकारले आगामी आम निर्वाचन गराउने म्याण्डेड पाउनेछ ।