बौद्ध भाटभटेनीमा जलेको अवस्थामा ६ शव भेटियो
काठमाडौँ – बौद्धमा रहेको भाटभटेनी सुपर स्टारमा ६ वटा शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार बेलुकी शव फेला परेका हुन् ।
डढेको कारण शव पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
जेनजी आन्दोलनका क्रममा भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा