भदौ २४ को आगजनी र तोडफोडमा मुख्यगरी भागेका कैदीबन्दीको संलग्नता रहेको प्रहरी ब्रिफिङ
काठमाडौँ – भदौ २३ आर २४ गते भएको जेनजीद्वारा गरिएको आन्दोलनमा प्रहरीको मानवीय तथा भौतिक रूपमा ठूलो क्षति भएको छ। तीन जना प्रहरीले ज्यान गुमाएका छन् र कयौं घाइते छने। काठमाडौं उपत्यकाका अधिकांश प्रहरी वृत्तहरूमा आगजनी र तोडफोड गरिएको छ।
काठमाडौंको जिल्ला प्रहरी परिसर बाहेक अन्य वृत्तहरूमा धेरै ठूलो क्षति पुगेको छ। क्षतिले प्रहरीको मनोबल घटेको अवस्था छ। घाइते भएको, बस्ने ठाउँको उपयुक्त स्थान नभएको, पोसाक र हतियार चोरिएको जस्ता कारणले प्रहरीको मनोबल घटेको हो। यो कुरा बुझेर प्रधानमन्त्री कार्कीलाई शनिबार नेपाल प्रहरीको क्षतिग्रस्त संरचना निरीक्षण गएको प्रधानमन्त्री निकट स्रोतले बतायो।
प्रहरीबाट मुख्यगरी सुकुम्बासी टोलका, कैदीबन्दीहरू, हिरासतका थुनुवाहरू भागिसकेपछि धेरै क्षति भएको प्रधानमन्त्री शुसिला कार्की ब्रिफिङ भएको छ, ‘स्रोतले भन्यो।
शुक्रबार मात्रै प्रहरीले यसरी संरचनामा आगजनी तथा तोडफोड, लुटपाट, कुटपिट लगायतमा संलग्न व्यक्तिहरूको तस्बिर, भिडिओ माग गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पनि अनुसन्धान गरिरहेको छ। निरीक्षण क्रममा प्रधानमन्त्री कार्कीले घटनामा संलग्न जोकोहीलाई कडा कारबाही गर्न निर्देशन समेत दिएकी छन्।