माओवादी अध्यक्ष प्रचण्ड सेनाको अघोषित नजरबन्दबाट मुक्त
काठमाडौं—माओवादी अध्यक्ष प्रचण्ड सेनाको अघोषित नजरबन्दबाट मुक्त भएका छन् ।
जेनजी आन्दोलनका क्रममा नेपाली सेनाको सुरक्षा निगरानीमा बसेका प्रचण्ड सेनाको घेराबाट बाहिरिएका हुन् ।
अन्तरिम सरकार गठन भएपछि सुरक्षा अवस्था सामान्य भएको भन्दै सेनाले प्रचण्डलाई छोडेको हो । घर जलेर खरानी भएपछि प्रचण्डलाई बस्ने बासको समस्या भएको छ ।
श्रोतले दिएको जानकारी अनुसार उनलाई काठमाडौँका स्थानीय नेताले केही दिनका लागि बासको व्यवस्था गरिदिएका छन् ।