आइतबार झण्डै ६ सयको एनओसी स्वीकृत

आइतबार, २९ भाद्र २०८२

काठमाडौँ – आइतबार झण्डै ६ सय जना विद्यार्थीको एनओसी स्वीकृत भएको छ । शिक्षा मन्त्रालय अन्तरगतको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) शाखाले आइतबार मात्र ५ सय ९७ जना विद्यार्थीको एनओसी स्वीकृत गरेको हो ।

रीतपूर्वक कागजात पेस भई सत्यापन गरिएको आवेदन संख्या ५९७ रहेको र २६३ जनाको रीतपूर्वक कागजात पेस नभएका कारण आवेदन अस्वीकृत गरिएको एनओसी शाखाले जनाएको छ । बेलुका ५ बजेसम्मको विवरण अनुसार ८०९ अनलाइन आवेदन प्राप्त भएका छन् ।

यसअघि शुक्रबार ४३१ जनाको एनओसी स्वीकृत भएको थियो । शाखाले सेवाग्राहीहरूको चाप बढी हुन सक्ने विषयलाई मध्यनजर गर्दै विहान ८ः४५ बजेबाट सेवा प्रवाह सञ्चालन गरिएको जनाएको छ ।