अर्थमन्त्री खनालले मन्त्री क्वार्टर, तलब र गाडी सुविधा नलिने
काठमाडौँ – नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी सुविधा नलिने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले अर्थमन्त्रीमा नियुक्त गरेका खनालले कुनै पनि सेवा सुविधा नलिने भएका हुन् ।
यतिसम्म की, खनालले पिएसओ पनि लिन्न भनेका छन् । पूर्वअर्थसचिव समेत रहेका उनले प्रधानमन्त्री डा। बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि सुविधा लिएका थिएनन् ।
यद्यपी, उनको सपथ भने हुन बाँकी छ । तत्कालिन केपी ओली नेतृत्वको सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष भएर सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए ।