जेन–जीको पक्षमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ
काठमाडौं—जेन–जीको पक्षमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ परेका छन् । भदौ २४ गते आन्दोलनकारीले निजी तथा सरकारी संरचना तोडफोड तथा आगजनी गर्न उक्साएको आरोपमा पर्वतको फलेवास नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अच्युत तिवारी पक्राउ परेका हुन् ।
उनलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ विरुद्धको कसुरमा मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ । उनले फेसबुकमा स्टाटस् लेख्दै बालुवा तस्करको संरक्षण गर्ने प्रहरी प्रमुख डीएसपी रविन विष्टलाई समेत कारबाही हुने बताएका थिए ।
फलेवासका बालुवा तस्करहरू, तस्करका संरक्षकहरु र कारबाही गरी पाउँ भनि पत्र बुझाउन जाँदा पत्र नबुज्ने डिएसपी रविन बिष्ट लगायत केही भ्रष्ट नेता तथा केही भ्रष्ट कर्मचारी यी भ्रष्टलाई समेत जेनजीले कारबाही गरिदिन्छ कि भन्ने आशा गरेको छु। प्रहरीले कारबाही नगर्ने भएपछि ?’, उनले लेखेका छन् । उनी फलेबास नगरपालिकाका र नेपाली कांग्रेस पर्वतका प्रवक्तासमेत हुन् ।
उनीविरुद्ध विद्युत्तीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।