श्रम मन्त्री शरदसिंह भण्डारीले बनाएको नीति कार्यान्वयन नहुने
काठमाडौं—तत्कालिन श्रम मन्त्री शरदसिंह भण्डारीले घुस खाएर बनाएको नीति कार्यान्वयन नहुने भएको छ ।
मन्त्री भण्डारी हटेको १ हप्ता नपुग्दै वैदेशिक रोजगार विभागले दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयनमा रोक लगाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले इ–७ भिसामा कामदार पठाउने प्रक्रिया रोक्न निर्देशन दिएपछि कार्याविधि कार्यान्वयमा रोक लागेको हो ।
भण्डारीले मेनपावर व्यवसायीसँग मोटो रकम लिएर यो कार्यविधि संशोधनसहित पास गरेका थिए ।
यससँगै ई—७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन्।
वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गरेर गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने बताएसँगै ई—७ भिसामा कोरिया जाने बाटो नखुलेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उक्त कार्यविधि कार्यान्वयन नगर्न निर्देशन आएको विभागले जनाएको छ। हाल रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली कामदार कोरिया जाने गरेका छन्।