प्रधानमन्त्री सुशीला कार्कीले ११ सदस्य मन्त्रिमण्डल गठन गर्ने
काठमाडौं—प्रधानमन्त्री सुशीला कार्कीले ११ सदस्य मन्त्रिमण्डल गठन गर्ने भएकी छन् ।
३ मन्त्रीलाई शपथ गराएर जिम्मेवारी दिएकी कार्कीले थप ७ जनालाई मन्त्री बनाउन छलफल थालेकी छन् ।
शिक्षा मन्त्रीमा केदारभक्त माथेमा, विद्यानाथ कोइराला र स्वास्थ्य मन्त्रीमा डा. भगवान् कोइराला, डा. रामेश कोइराला र डा. भोला रिजालसँग छलफल भइरहेको छ । बाँकी जेनजी आन्दोलन, कांग्रेस, एमाले र माओवादी केन्द्रलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने कार्कीको तयारी छ ।
उनले वरिष्ठ चिकित्सक सन्दुक रुइतलाई समेत प्रस्ताव गरेकी थिइन् तर उनले अस्वीकार गरेका छन्।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलन, कांग्रेस, एमाले र माओवादी केन्द्रलगायत सरोकारवाला पक्षको प्रतिनिधित्व समेट्ने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेकी छिन्।