हर्कराज साम्पाङ ग्वाँग्वाँ रोए

मंगलबार, ३१ भाद्र २०८२

काठमाडौं—देश भारतको कब्जामा गएको भन्दै धरानका मेयर हर्कराज साम्पाङ ग्वाँग्वाँ रोएका छन् ।

प्रधानमन्त्री बन्न काठमाडौँ आएका साम्पाङ धरान फर्किएलगत्तै पत्रकार सम्मेलन गर्दै पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र आफूले भोगेका अनुभवबारे सुनाउँदै रोएका हुन् ।

प्रधानमन्त्री बन्ने, मन्त्री बन्नेहरूको नाम त पहिले नै भारतीय दूतावासले तयार पारेको बताउँदै देश विदेशीको रिमोटबाट चलेको देख्दा दुःख लागेको सुनाए ।

उनले आफू बिकाउ नभएकाले मन्त्री पद छोडेर धरान आएको समेत ठोकुवा गरे ।