नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा नदिने

मंगलबार, ३१ भाद्र २०८२

काठमाडौं—नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा नदिने भएका छन् । ऊर्जामन्त्रीमा नियुक्त भएका कुलमान घिसिङलाई बधाइ दिर्दै उनले मिलेर काम गर्ने संकेत गरेका छन् ।

शाक्यले मंगलबार फेसबुकमार्फत बधाई दिंदै कुलमानले ऊर्जा क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको प्रसंसा गरेका छन् ।

उनले कुलमानको नेतृत्वमा ऊर्जा क्षेत्रमा सफलता हासिल हुने विश्वास व्यक्त गरेका छन् । कुलमानले गरेको उद्योगीको वक्यौता उठाउने पहिलो निर्णय कार्यान्वयनका बारेमा भने उनले केही खुलाएका छैनन् ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले फेसबुकमा लेखेका छन्, ‘ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ ।’

मन्त्री बनेका घिसिङलाई कार्यकाल सफलताको शुभकामना दिँदै शाक्यले भनेका छन्, ‘ सम्पूर्ण ऊर्जा क्षेत्रकै सफलता सहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।’