प्रधानमन्त्री कार्कीलाई बधाई दिन पुगे अमेरिकन राजदूत

बिहिबार, २ असोज २०८२

काठमाडौं — नेपालका लागि अमेरिकन राजदूत डिन आर थम्पसनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत थम्पसनले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री कार्कीले हालै सम्पन्न जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पदभार सम्हालेकी हुन् ।