‘आन्दोलनका कारण गण्डकी सरकारको योजनामा धक्का लाग्यो’

शुक्रबार, ३ असोज २०८२

काठमाडौं—गण्डकीप्रदेशकामुख्यमन्त्री सुरेन्द्रराजपाण्डेले आन्दोलनका क्रममा निजी क्षेत्र माथि भएको आक्रमणले गण्डकी प्रदेश सरकारको दिर्घकालीन योजनामा असर पुर्याएको बताएका छन् ।

शुक्रबार संविधानदिवस तथा राष्ट्रियदिवस २०८२ को मूल समारोहमा बोल्दै उनले आन्दोलनले आन्तरिक तथाबाह्य पर्यटकसँगै लगानीभित्र्याउने गण्डकीप्रदेश सरकारको माथि असर परेको बताएकाहुन् ।
उनले तत्काल प्रवाह हुने सेवालाई सहज र नियमित गर्न प्रदेश सरकारले काम सुरु गरिसकेको जानकारी समेत गराए ।

उनले भने, ‘पोखरालाई नेपालको पर्यटन राजधानीघोषणा गरेको आन्तरिक तथा बाह्य पर्यटकसँगै लगानीभित्र्याउने गण्डकीप्रदेश सरकारको दिर्घकालीन योजनामा आन्दोलनका नाममा निजी क्षेत्रमाथि भएको आक्रमणले वातावरण धमिलाएको छ।’

उनलथपभने, ‘पछिल्लो घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थिती पछि प्रदेश सरकारका मातहतका मन्त्रालय निकाय र कार्यालयहरु मार्फत तत्काल प्रवाहहुने सेवालाई सहज र नियमित गर्न प्रदेश सरकारले काम थालिसकेको छ । पुर्न निर्माणकालागि संघ सरकारले नीतिअनुसार समन्वय गर्दै हामी अगाडी बढ्नेछौं ।’

हजारौं रोजगारी सिर्जना गरेका र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएका करदाता व्यवसायीहरु माथिको आक्रमणको छानविन गरी दोषिलाई कानुनी दायराभित्र ल्याउनु जरुरी रहेको पनि उनले बताए ।

सोहीकार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले समयको गतिशिलतालाई बुझी संविधान संशोधन गर्नुपर्ने बताए ।
‘यो संविधान गतिशील बनाउन सकेनौं । संविधान त बनायौ तर संविधानले माग गरे अनुसार समय त बडो गतिशिलहुने रहेछ । अझयुवा नेतृत्वको स्पष्टबुझ्दा रहेछन्, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभावपनि परेको गतिशिलताको विज्ञानलाई बुझेर हामीले संविधानलाई बुझेर संशोधन गर्ने बिषयमा ध्यानपुगेन नि भन्ने अनुभुति छ,’उनले भने ।