दुर्गा प्रसाईंले गरे आन्दोलनको घोषणा

शुक्रबार, ३ असोज २०८२

काठमाडौं—दुर्गा प्रसाईंले जेन–जी आन्दोलनमाथि विश्वासघात भएको भन्दै नयाँ आन्दोलनको घोषणा गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै प्रसाईंले अब हुने आन्दोलनले मुलुकमा आमुल परिवर्तन ल्याउने दावि गरेका छन् ।

दशैं–तिहार र छठपछि आन्दोलन गर्ने बताउँदै आन्दोलनपछि नयाँ पुस्ताले आफ्नै हातले नयाँ संविधान लेख्ने दावि गरेका छन् ।

उनले आफू जन्मेको भूमिको आत्मासँग जोडिएको संविधान निर्माण नगर्दासम्म मुलुकमा रगतको खोलो बगिरहने बताएका छन् ।