जेनजी आन्दोलनमा गएका तामाङ ११ दिनदेखि बेपत्ता
काठमाडौँ – हुम्ला घर भएका हाल काठमाडौँमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएक छन् । काठमाडौँमा भदौ २४ भएको जेनजी आन्दोलनमा सहभागी भएका हुम्लाको नाम्खा गाउँँपालिका–३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्दै आएका थुक्तेन ११ दिनदेखि बेपत्ता भएका हुन् ।
गत भदौ २३ गते जेनजी प्रदर्शनमा सहभागी भएर लामा कोठा फिर्ता भएका बुबा टसी छिरिङले बताए ।
होटेलमा काम गर्दै आएका लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ः०० बजे कोठामा आएर प्रदर्शनमा फर्किएका थिए । पछिल्लो दिनको जेनजी प्रदर्शनमा गएको दिनदेखि लामा कोठा फिर्ता नभएको बुबा टसी छिरिङले बताए । एघार दिनसम्म काठमाडौँका विभिन्न ठाउँहरूमा खोजी कार्य गर्दा कतै नभेटिएको बताइएको छ ।
बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केका छोरा त्यसपछि भने बेपत्ता भएको बुबाले बताए । जेनजी प्रदर्शनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन उनले आग्रह गरे । उनका दुई छोरामध्ये बेपत्ता भएको छोरा कान्छो हुन् ।