नेकपाले बनायो पार्टी एकता लागि वार्ता समिति

शनिबार, ४ असोज २०८२

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले नयाँ कम्युनिस्ट केन्द्र निर्माणका लागि वार्ता टोली गठन गरेको छ । स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डको नेतृत्वमा सबै कम्युनिस्ट समूह र पार्टीहरूसँग छलफल गर्ने उद्देश्यले वार्ता समिति गठन गरेको हो ।

समितिमा स्थायी समिति सदस्य अनिल सी, शीलु सी, सुशिल सी, पोलिब्युरो सदस्य चिरन सी र केन्द्रीय सदस्य जितेन्द्र सी रहेका छन् । भदौ २३ र २४ गते पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको प्रकाशन विभाग इन्चार्जसमेत रहेका अनिल सीले बताएका छन्।

बैठकले माओवादी घटक र चौथो महाधिवेशन समूहसँग प्राथमिकताका साथ वार्ता गर्ने निर्णय गरेको छ ।