संगीता मिश्र स्वास्थ्य मन्त्री बन्ने
काठमाडौं— कांग्रेस नेता प्रदिप पौडेलले सचिवमा बढुवासमेत नगरेकी स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्र सोही मन्त्रालयको मन्त्री बन्ने भएकी छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएर मन्त्री बनाउन लागिएको श्रोतले जनाएको छ । मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन् ।
उनले थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरिसकेकी छन्।
उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन्। मन्त्री बन्ने भएपछि उनले पदबाट राजीनामा दिइसकेको मन्त्रिपरिषद् स्रोतले बताएको छ।
गत वर्षको फागुनमा डा विकास देवकोटा सचिवमा बढुवा भएपछि उनी बिदामा बसेकी हुन्।
तत्कालीन सरकारका अधिकारीहरूले भने मिश्रको नागरिकता विवादित भएकाले सचिव नबनाएको बताएका थिए।