रवि लामिछासँगै नख्खु कारागारबाट भागेका एक कैदीले गरे श्रीमतीको हत्या

आइतबार, ५ असोज २०८२

काठमाडौं— रवि लामिछासँगै नख्खु कारागारबाट भागेका एक कैदीले श्रीमतीको हत्या गरेका छन् ।

काभ्रेको पनौती नगरपालिका–१२ गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।

सन्तबहादुर जेन्जी आन्दोलनको बेला नख्खु कारागारबाट भागेका थिए ।

उनी जबरजस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए ।

घटनाबारे थप विवरण संकलनका लागि इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।