जेनजीका माग अनुसार नेकपा माओवादी केन्द्रका सम्पूर्ण कमिटी भंग

आइतबार, ५ असोज २०८२

काठमाडौं—जेनजीका माग अनुसार नेकपा माओवादी केन्द्रका सम्पूर्ण कमिटी भंग भएका छन् ।

पार्टी पदाधिकारी बैठकमा बोल्दै प्रचण्डले मंसिरका विशेष महाधिवेशनको प्रस्ताव गर्दै सबै पार्टी कमिटी भंग हुने बताएका हुन् । बैठकले प्रचण्डको प्रस्तावअनुसार निर्णय गरेर केन्द्रीय समितिमा पठाउने छ।

केन्द्रीय समितिले अनुमोदन गरेपछि माओवादीको विशेष महाधिवेशन आयोजक कमिटी बन्ने छ ।

सो कमिटीले नयाँ नेतृत्व चयन गर्ने छ ।

विशेष परिस्थिति हो विशेष महाधिवेशन गरौँ नयाँ नेतृत्व चयन गरौँ, उनले बैठकमा भने।

महाधिवेशन आयोजक समितिले नै मंसिरको महाधिवेशन गर्ने अख्तियारी पाउनेछ।

प्रचण्डले अबको एक हप्ताभित्र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाउने प्रस्ताव पनि राखेका छन्।

जारी पदाधिकारी बैठकमा एक घण्टा देशको वर्तमान अवस्था, पछिल्ला राजनीतिक घटनाक्रमको विकास र माओवादी पार्टीले लिने कदमबारे बोल्दै प्रचण्डले तत्काल केन्द्रीय समितिको बैठक बोलाउने भनेका हुन्।