जेनजी आन्दोलनका घाइतेहरुले सिंहदरबार घेरे
काठमाडौं— जेनजी आन्दोलनका घाइतेहरुले सिंहदरबार घेरेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर आफ्नो ज्ञापनपत्र बुझाउन पुगेका घाइतेहरूलाई प्रहरीले रोकेपछि सिंहदरबार गेटमा धर्ना दिएका थिए । सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूलाई प्रहरीको गाडीबाट गृहमन्त्रालयमा पुर्याइएको थियो ।
गृहको गेटमा पुगेका घाइतेहरूले हामी नेपालका संयोजक सुदन गुरुङको नाम लिँदै आक्रोशित बनेका थिए । जेनजी प्रदर्शनमा कोही पनि लिडर नभएको बताउँदै आफूहरूको माग सम्बोधन हुनुपर्ने भन्दै आक्रोश पोखेका थिए ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीहरूलाई ताकीताकी गोली नहानेको बताएका थिए । घाइतेहरूले भने आफ्ना घाउ देखाउँदै ‘यो के हो ?’ भन्दै प्रश्न गरिरहेका छन् ।