भाटभटेनीका मालिक मीनबहादुर गुरुङले आफ्नोे आधा सम्पत्ति सरकारलाई दिने
काठमाडौं – भाटभटेनीका मालिक मीनबहादुर गुरुङले आफ्नोे आधा सम्पत्ति सरकारलाई दिने घोषणा गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटामा गुरुङले आवश्यक परेर आफ्नो आधा सम्पत्ति राज्यलाई दिन आफू तयार रहेको बताएका हुन् ।
आइतबार प्रधानमन्त्री कार्कीले व्यवसायीसँग गरेको छलफलमा भाटभटनी सुपरमार्केटका सञ्चालक गुरुङले व्यवसाय पुनसञ्चालनका लागि तत्काल राज्यबाट राहत र सुरक्षा चाहिएको बताउँदै आवश्यक परेको खन्डमा आफ्नो आधा सम्पत्ति राज्लाइ दिन तयार रहेको बताएका हुन् । गुरुङले २३ र २४ भदौमा जेनजी प्रदर्शनका क्रममा भाटभटेनीमा भएको क्षतिपछि कोही कसैले पनि रोजगारी गुमाउनु नपर्ने बताए ।
‘मिबहादुरजीले भाटभटेनीमा काम गरिरहेका कसैले पनि रोजगारी गुमाउन नपर्ने बताउनुभयो । तर, उहाँले राज्यबाट तत्कालका लागि भने केही राहत दिनुपर्ने बताउनुभयो,’ छलफलमा सहभागी एक व्यसायीले क्लिकमान्डुसँग भने, ‘उहाँले प्रधानमन्त्रीसामू २ प्रस्ताव गर्नुभयो । पहिलो, व्यवसाय पुनरुउत्थानको लागि बिमा दाबीको ५० प्रतिशत तत्काल भुक्तानी गरीदिन माग गर्नुभयो । त्यस्तै उहाँले आफ्नो कुल सम्पत्तिको ५० प्रतिशत राज्यलाई दिन तयार छु भन्नुभयो।’
उनले प्रदशर्नबाट क्षति हुनुअघि कार्यरत रहेका कोही पनि कर्मचारीले राजगारी गुमाउनु नपर्ने र दशैं भत्तासमते दिने बताएका हुन् । करिब १५ अर्ब रुपैयाँ बराबरको क्षति बेहोरका गुरुङले व्यवसाय पुनरुउत्थानका लागि माग दाबी गरिएको बिमाको ५० प्रतिशत तत्काल भुक्तानी हुने व्यवस्था गरिदिन सरकारसँग माग गरे। गुरुङ ७ मिनेट बोलेका थिए ।
भाटभाटेनीमा करिब १० हजारले प्रत्यक्षरुपमा जागिर खाँदै आएका छन् । भाटभटेनीका देशभर रहेका मुख्य गोदामसहित १२ वटा स्टोमा आग्जनी भएको थियो भने थप ९ वटामा तोडफोड र लुटपाट गरिएको थियो ।
भाटभटेनी वर्षमा ३५ अर्बको उपभोग्य वस्तु बिक्री गर्ने देशकै ठूलो सुपरमार्केट हो ।किराना पसलबाट केही ठूलो गर्ने योजनासहित २०४१ सालमा ३५ हजार पुँजीसहित मीनबहादुर गुरूङले भाटभटेनी स्थापना गरेका थिए । अहिले वार्षिक ३०औं अर्बको कारोबार गर्ने देशकै ठूलो सुपरस्टोर बनिसकेको थियो । १० हजार जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको थियो ।