विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बर्खास्त
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बर्खास्त गरेका छन् ।
काठमाडौं – घिसिङले हितेन्द्रदेव शाक्यलाई बर्खास्त गरेर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको हुन् ।
आज बसेको मन्त्री परिषद बैठकले हितेन्द्र शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ चैत्र ११ गते कुलमान घिसिङलाई बर्खास्त गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो । शाक्य यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्राधिकरणका निर्देशक बनेका थिए ।
पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङ बर्खास्त भएका थिए । त्यसपछि ओली सरकारले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
घिसिङको ओली र ऊर्जामन्त्री दीपक खड्कासँग द्वन्द्व बढेसँगै बर्खास्त गरेको थियो । भदौ २३ र २४ गते देशभर भएको प्रदर्शनबाट ओली सरकार विस्थापित भएसँगै देशले सुशीला कार्कीको नेतृत्व पाएको थियो ।
कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइन् । यसअघिका दीपक खड्का ऊर्जामन्त्री रहँदा घिसिङसँग झण्डै ९ महिना द्वन्द्व भएको थियो ।
घिसिङले यसअघिका ऊर्जामन्त्री खड्काको कार्यशैलीप्रति असन्तुष्टिस्वरुप प्राधिकरणका निर्णयमै ‘नोट अफ डिसेन्ट’ राखेपछि दुईबीचको द्वन्द्व बढेको थियो । बर्खास्तमा परेको साढेपाँच महिना घिसिङ ऊर्जा मन्त्रालयको नेतृत्वमा पुगेका छन् ।
घिसिङको कार्यकाल ०८२ साउन २५ गतेसम्म थियो । घिसिङ, खड्काको ‘इगो’ मा परेका थिए । खड्का र स्वंय केपी शर्मा ओलीको ‘इगो’मा समेत घिसिङ परेपछि चार महिनाअगावै बर्खास्तीमा परेका थिए । घिसिङ बर्खास्त गरी शाक्यलाई कार्यकारी दिने सहमतिपछि खड्का र ओलीको स्वार्थ मिलेको थियो ।