जेनजी आन्दोलनमा सहभागी सय बढी नेपाली डिपोर्ट गर्दै जापान

आइतबार, ५ असोज २०८२

काठमाडौं – जापानबाट सय बढी नेपाली डिपोर्ट हुने भएका छन् । नेपालमा भएको जेनजी आन्दोलको बेला जापानमा रहेका नेपालीहरुले पनि ऐक्यबद्धता जनाउँदै आन्दोलन गरेका थिए । जापान सरकारले उत्तः आन्दोलनमा सहभागीमध्ये एक सय भन्दा बढी नेपालीलाई डिपोर्ट गर्ने भएको हो । रोजगारीका लागि जापान पुगेका कामदार र विद्यार्थी डिपोर्ट हुनेको लिस्टमा परेको जापानस्थित नेपाली दूतावासले जनाएको छ ।

यद्यपि नेपालमा मात्र नभएर जापान, फ्रान्स, इन्डोनेसियामा समेत जेनजी आन्दोलन भएका थिए । गत २३ र २४ भएको जेनजी आन्दोलनको समर्थनमा जापानमा पनि नेपालीले जेनजी आन्दोलन गरे । नेपालमा भएको जेनजी आन्दोलनमा पनि यो झन्डा देखिएको हो । यद्यपि नेपालमा मात्र नभएर फ्रान्स, इन्डोनेसियामा भएका आन्दोलनमा समेत यो झन्डा प्रयोग भइरहेको छ ।

जेनजी आन्दोलनमा उत्रिएका सयभन्दा बढी नेपालीमाथि कारबाही गर्दै जापानले स्वदेश फर्काउने तयारी भइरहेको रहेको जापानको सम्बन्धीत पक्षले सूचना दिएको जापानस्थित नेपाली दूतावासका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार गत साता भएको जेनजी आन्दोलनको समर्थनमा रोजगारीका लागि आएका कामदार र विद्यार्थीले जापानको टोकियोमा आन्दोलन गरेका थिए । यो जापानको कानुनविपरित भएको भन्दै यहाँ सरकारले आन्दोलनमा संलग्न नेपाली फकाउन तयार गरिरहेको ती कर्मचारीले जानकारी दिए ।

गत जापानमा पनि नेपालीहरुले जेनजी आन्दोलन गरेका थिए । भने एक महिनाअघि जापानमा पनि नेपालमा जस्तै जेनजी आन्दोलन भएको थियो । जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले यस विषयमा अहिले केही भन्न नमिल्ने बताए । त्योभन्दा अरु आफुलाई थाहा नभएको उनले जानकारी दिए ।

सरकारले जापान वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाउन रोक लगाउने तयारी थालेको थियो । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यक्तिगत श्रम स्वीकृति अथवा व्यक्तिगत भिसामा कामदार पठाउँदा बिचौलियाले व्यापक अव्यवस्था, सेटिङ र ठगीका गरेका कारण रोक लगाउन लागेको हो । तर नेपालको जेनजी आन्दोलनपछि जापानले पनि सुरक्षा र अध्यागमनमा कडाइ गरेको छ ।

वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्न सक्ने जापानमा नेपाली कामदार पठाउनका लागि बाटो खुलेको थियो । जापानमा दक्ष सीप भएका कामदार पठाउन सन् २०१९ मा नै दुई देशबीच समझदारी भएको थियो । तर, उक्त समझदारी भएको करिब ६ वर्षपछि मात्रै जापान कामदार जाने बाटो खुलेको हो । जापानस्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गदैै जापानको संस्थागत कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रचार समेत गरेको छ ।