कामका लागि घुस मागे सिधै अर्थमन्त्रीलाई फोन वा इमेलमा भन्न सकिने

सोमबार, ६ असोज २०८२

अर्थ मन्त्रालयले भ्रष्टचार नियन्त्रण गर्न हटलाइन सेवा सुरु गरेको छ ।

मन्त्रालय र मातहतका निकायमा हुने अनियमितता, सेवा प्रवाहमा ढिलासुस्ती लगायतका गुनासो सुन्न हटलाइन सेवा सुरु गरेको हो । सेवाग्राहीले सिधै अर्थमन्त्री रामेश्वर खनाल, मन्त्रालय वा हटलाइन नम्बरमा गुनासो सुनाउन सक्नेछन् ।

मन्त्री खनालको इमेल rameshore@mof.gov.np मन्त्रालयको इमेल gunaso@mof.gov.np र टोलफ्रि नम्बर १८१०५०००४१० मा सिधै गुनासो गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

यसबाहेक उपसचिव निरन भट्टराईलाई ९८५१४०५२६५ वा शाखा अधिकृत पवित्रा ज्ञवालीलाई ९८५१४०५२७५ नम्बरमा सम्पर्क गर्न सकिने छ।