प्रहरीलाई कुटिकुटी मार्ने एक जना पक्राउ
काठमाडौं— प्रहरीलाई कुटिकुटी मार्ने एक जना पक्राउ परेका छन् ।
‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जका प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गर्ने काभ्रेका युवराज क्यापछाकीलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरेको छ ।
तस्बिर तथा भिडियोका आधारलाई आधार मान्दै प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले तस्बिर तथा भिडियोका आधारमा अनुसन्धान गरेर प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि कारबाही थालेको छ ।
सामाजिक सञ्जाल निष्क्रिय र भ्रष्टाचारविरुद्ध जेनजीले भदौ २३ गते प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा काठमाडौंमा १९ युवाको मृत्यु भएको थियो । त्यसपछि भदौ २४ गते देशभर प्रदर्शन चर्किएको थियो ।