पहिरो पन्छाउने क्रममा एक इन्जिनियरमाथि नै पहिरो खस्यो

बिहिबार, ९ असोज २०८२

काठमाडौं—पहिरो पन्छाउने क्रममा एक इन्जिनियरमाथि नै पहिरो खसेको छ ।

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत नाम्सी पुलमा खसेको पहिरो पन्छाउने क्रममा सडक डिभिजन, भरतपुरका सिनियर इन्जिनियर राजु मगरमाथि पहिरो खसेको हो ।

पहिरो खसेर घाइते भएका इन्जिनियर मगरको उपचार भइरहेको छ । कालिखोला, टोपेखोला, नाम्सीखोला र सिमलताल क्षेत्रमा पहिरो जाने जोखिम उच्च रहेकाले यात्रा नगर्न डिभिजन कार्यालयले आग्रह गरेको छ ।