पूर्वविशिष्ट पदाधिकारीको सेवा—सुविधा खारेज, गाडी फिर्ता

बिहिबार, ९ असोज २०८२

काठमाडौं—सरकारले भिआईपि सुविधा खारेज गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई दिँदै आएको सेवा–सुविधा खारेज गर्दै उनीहरुले प्रयोग गर्ने गाडी, इन्धन, मर्मत, चालक र सुरक्षा सुविधा खोसेको छ ।

संघिय सरकारको खर्च कटौती नीति अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यले यस्तो निर्णय गरेका हुन् ।

सो निर्णयपछि माओवादी नेता पूर्वसभामुख पूर्णबहादुर घर्ति र पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सुविधा फिर्ता गरेका छन् भने एमाले, कांग्रेसका नेताहरुले अटेरी गरेका छन् ।