रविको अपराधको साछि बन्न नसकिने भन्दै रास्वपा छोड्नेको लर्को
काठमाडौँ – रवि लामिछानेको अपराधको साँची बन्न नसकिने भन्दै अर्का एक केन्द्रीय सदस्यले समेत राजीनामा दिएका छन् । रास्वपा केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका हुन् ।
रास्वपामा जेनजी पुस्ताको विद्रोह पछि राजीनामा दिने क्रम बढेको छ। सहकारी ठगी आरोपमा नख्खु कारागारबाट मुद्धाको पुर्पक्ष गरिरहेका रवि जेल फोडेर भागेपछि पार्टीभित्र र बाहिर असन्तुष्टि बढेको छ । यसअघि केन्द्रीय सदस्य सुमना श्रेष्ठले र हरि भट्टले पनि राजीनामा दिएका थिए ।
रास्वपा एक केन्द्रीय सदस्यले उनले राजीनामा दिएको पुष्टि गरे। ‘उहाँले राजीनामा दिएको जानकारी गराउनुभएको छ,’ ती केन्द्रीय सदस्यले भने।
रास्वपामा पछिल्लो समय राजीनामा दिने क्रम बढेको छ। यसअघि केन्द्रीय सदस्य सुमना श्रेष्ठले राजीनामा दिएकी थिइन्।
उनको राजीनामा मंगलबारको केन्द्रीय समिति बैठकले स्वीकृत गरिसकेको छ। त्यस्तै केन्द्रीय सदस्य हरि भट्टले पनि राजीनामा दिएका छन्।