शेरबहादुर देउवा दम्पत्तिको पासपोर्ड बनाउने कर्मचारीमाथि छानविन सुरु
काठमाडौँ – शेरबहादुर देउवा दम्पत्तिको पासपोर्ड बनाउने कर्मचारीमाथि छानविन सुरु भएको छ । राहदानी विभागका महानिर्देशक तीर्थ राज अर्यालले नै पावपोर्ड बनाएर दिएको हुनसक्ने भन्दै उनीमाथि अनुसन्धान सोझिएको छ ।
असोज ३ गते सार्वजनिक विदाका दिन पावपोर्ड बनाएर सैनिक व्यारेक सिवपुरीमा रहेका देउवा दम्पत्तिलाई रातो पासपोर्ड बनाएर हस्तान्तरण गरिएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा परराष्ट्र मन्त्रालयले महानिर्देशक अर्यालमाथि छानविन केन्द्रीत गरेको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नयाँ राहदानी ३ असोजमा बनाइएको र उपचारका लागि ब्याङ्कक जानेगरी थाइल्यान्डको भिसा समेत लगाइसकेको तथ्य सार्वजनिक भइसकेको छ।
स्रोतका अनुसार, नयाँ राहदानी निर्माणका लागि राहदानी विभागका अधिकारीहरू देउवा दम्पती उपचाररत रहेको अज्ञात स्थानमा पुगेका थिए।
‘जेन जी’ प्रदर्शनका क्रममा अराजक समूहले २४ भदौमा बुढानीलकण्ठस्थित निवासमा आक्रमण गरेको थियो। त्यो समूहले देउवा निवासमा तोडफोड र आगजनी मात्र गरेको थिएन, उनीहरूमाथि सांघातिक आक्रमणसमेत गरेको थियो। आक्रमणबाट दुवैको गर्धनमा गम्भीर चोट लागेको थियो।