शिक्षा मन्त्री महावीर पुनसँग जेनजी घाइतेहरुले भने हाम्रो चिन्ता नगर्नुस्
काठमाडौँ – शिक्षा मन्त्री महावीर पुनसँग भेटेका जेनजी घाइतेहरुले आफूहरुको चिन्त नगर्न सुझाव दिएका छन् ।
घाइतेहरुले आफ्नो शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुँदैन भन्ने चिन्ता रहेको बताउँदै आफ्ना माग पुरा गरिदिन आग्रह गरेका छन् ।
शनिबार ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेहरुलाई भेटेर फर्किने क्रममा पुनले बिरामीहरुको उपचार राम्रै भइरहेको भन्दै उनीहरुलाई आन्दोलनको मागको बढि चिन्ता रहेको बताए ।
गत भदौ २३ र २४ गते जेनजी समूहको आह्वामा भएको आन्दोलनमा घाइते भएकाहरू विभिन्न अस्पतालमा उपचाररत छन् ।
सरकारले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरेको उनले बिरामीहरूलाई जानकारी समेत गराए । साथै उनले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका मन्त्री पुनको निजी सचिवालयले जनाएको छ ।