फेकन फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा, फितलो ब्यबस्थापन !

बिहिबार, ५ भाद्र २०७६

काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)ले आयोजना गर्न लागेको फुटसल प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबार र शनिबार काठमाडौंको बालुवाटारमा रहेको एक्सेल फुटसलमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

‘खुशि रहु, स्वस्थ रहुँ’ भन्ने नाराका साथ सम्पन्न हुने प्रतियोगीतामा १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा फेकनमा आबद्ध कन्सल्टेन्सीहरुका टिमहरुले प्रतिशपर्दा गर्नेछन् ।

फितलो ब्यावस्थापन

फेकन फुटसल प्रतियोगिताको संयोजक छन् उमेश कुश्वार । कुश्वारकै ब्यबस्थापनमा सम्पन्न हुने प्रतियोगिताको ब्यबस्थापन फितलो देखिएको छ । प्रतियोगिताको पहिलो चरणमा इभेन्ट सम्पन्न गर्नका लागि विभिन्न खालको प्रायोजनहरुको आवश्यकता पर्दछ । स्पन्सर खोज्नमा ब्यबस्थापन टिम चुकेको छ ।

आयोजक टिमले टाइटल स्पन्सर विनानै इभेन्ट गर्दैछ । राम्रो बजेट संकलन हुने शिर्षकमा स्पन्सर राख्न नसक्नु ब्यबस्थापन कमिटिको कमजोरी हो । त्यस्तै अर्को आर्थिक संकलन हुने शिर्षक हो इन एशोसिएसन । त्यसमा पनि प्रतियोगिताका संयोजकले आफ्नै कन्सल्टेन्सीको स्पन्सर राखेका छन् ।

यता स्पन्सरमा ३ ओटा कम्पनी राख्ने भनिएको छ तर दुई ओटा कम्पनीले मात्र स्पन्सर गरेका छन् । यसले फेकनमा हुनसक्न आर्थिक संकलनमा घाटा पुगेको छ । पावरवाईमा पनि ५ ओटा राख्ने भनिएको छ तर त्यसमा एउटा कन्सल्टेन्सीले मात्र स्पन्सर गरेको छ । त्यति मात्र होइन् सिल्भर स्पन्सरमा पनि ५ ओटाका लागि ठाउँ राखिएकोमा एउटा मात्र स्पन्सर गर्न राजी भएको छ ।

यसरी हेर्दा इभेन्ट म्यानेजमेन्टको जिम्मा पाएका कुश्वार कार्यक्रम सुरु हुनुभन्दा पहिलानै असफल सावित भएका छन् । इभेन्टमा अनुभव प्राप्त ब्यक्तिले म्यानेजमेन्टको जिम्मा लिएको भए सायद फेकनले राम्रो आर्थिक संकलन गर्ने अवस्था थियो । त्यो अवसर फेकनले गुमाएको छ ।

म्यानेजमेन्ट टिमले विज्ञापन दातालाई दिइने प्रपोजल पत्रकारलाई बाँढेर इतिहाँसकै वेइजत गरेको छ । स्पन्सरका लागि विभिन्न ब्यापरिक संस्थाहरुमा पुर्याउनु पर्ने प्रपोजल मिडियासम्म पुगेको छ । इभेन्ट म्यानेजमेन्टको अनुभव नहुँदा फेकनले ठुलो धनराशि गुमाएको छ ।

यता ब्यबस्थापनको कमजोरीका कारण प्रतियोगिताको उद्घाटन खेल प्रमुख अतिथिविना नै सुरु गरिने भएको छ । खेलसँग सम्बन्धीत ब्यक्तित्वहरुसँगको पहुँच नहुँदा फेकन फुटसल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि विहिननै हुने भएको हो ।

यद्यपि शुक्रबारदेखि सुरु हुने प्रतियोगितको सम्पूर्ण तयारी पुरा भएको छ । फुटसल प्रतियोगिता शनिबार सम्पन्न चल्नेछ।