इक्यानका प्रथम उपाध्यक्ष तिमल्सिनाको मर्मस्पर्शी कविता, के हो इक्यान ?

शुक्रबार, १३ भाद्र २०७६

काठमाडौं – इक्यानका प्रथम उपाध्यक्ष महेश बाबु तिमल्सिनाले इक्यानको २३ औं बर्षिकोत्सवको अवसरमा मर्मस्पर्शी कविता लेखेका छन् । विविध कारणले ब्यबसायनै धरासाई भइरहेको समयमा तिमल्सिनाले लेखेको कविताले ठुलो अर्थ राखेको छ ।

उनले इक्यानका सबै सदस्यहरुलाई शुभकामना दिदै एक जुटभएर ब्यबसायलाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गरेका छन् । उनको सानो कविताले शैक्षिक परामर्श उद्योगमा देखिएका समस्या, इक्यान र इक्यानियन देखिएका समस्या, तिनको समाधान र इक्यान भित्रको फोहोरी राजनीतिलाई इङ्कीत गर्दै यी समस्याको समाधानको उपाय समेत समेटेका छन् ।

उनले कविता मार्फत सबैलाई मिलेर अगाडी बढ्न सुझाव दिएका छन् ।

हेर्नुहोस उनको ममस्पर्शी कविता

 

इक्यान मेरो लागि के हो ?

इक्यान मेरो पहिचान हो,
इक्यान मेरो स्वाभिमान हो
इक्यान ठूलो साझा छाता हो
इक्यान मेरो विश्वास अनि आशा हो।

वास्तवमा भन्नुपर्दा, इक्यान कुनै अमूर्त चिज होइन
इक्यान भनेको म हो, तपाईं हो, अनि हामी सबै हो।

फुटेर होइन जुटेर , लडेर होइन बलियोसँग अडिएर
तल झरेर होइन, एक अर्कालाई सघाउँदै माथि चढेर
आउनुस मिलेर यात्रा गरौं।

रिस, राग अनि द्वेषलाइ फालौं : ज्ञान, विचार र आचारले
आफू पनि भरिऊँ र सम्पूर्ण इक्यान परिवारलाई पनि भरौं।

यहि मेरो भावना हो, यहि मेरो चाहना हो
एउटा इमान्दार इक्यानियनको हैसियतले
२३औं ‘इक्यान डे’ को यहि मेरो शुभकामना हो।