एक्सपर्टको अष्ट्रेलिया एजुकेशन फेयर भोली, सम्पूर्ण तयारी पुरा

शुक्रबार, २० भाद्र २०७६

काठमाडौं – उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी एक्सपर्टले भोलीे अस्टे«ेलिया एजुकेशन फेयरको आयोजना गर्ने भएको छ । गुणस्तरिय शैक्षिक परामर्स सेवा प्रदान गर्दै आइरहेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको आयोजनामा पुतलीसडक स्थित कार्यलयमा फेयर हुने भएको छ ।

फेयरमा अष्ट्रेलियाका १४ वटा विश्वविद्यालय तथा क्याम्पसहरुको प्रतिनिधित्व रहने एक्सपर्टका प्रवन्ध निर्देशक खेम संग्रौलाले बताए । मासिक रुपमा सेमिनारको आयोजान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रा.लिले पनि बेला–बेलामा ‘एजुकेशन फेयर’को पनि आयोजना गर्दै आइरहेको छ । एक्सपर्टले अष्ट्रेलियामा रहेका विभिन्न शैक्षिक संस्थाहरुको प्रतिनिधिहरुलाई नेपालमा ल्याएर वर्षमा तीनदेखि चारवटासम्म फेयरको आयोजना गर्दै आएको छ । एउटै छानामुनी विद्यार्थीहरुलाई सम्बन्धित शैक्षिक संस्थाहरुकै प्रतिनिधिबाट जानकारी गराउनकै लागि फेयरको आयोजना गरिएको बताउँछन् प्रवन्ध निर्देशक संग्रौला ।

संग्रौलाका अनुसार ७ सेप्टेम्बर अर्थात २१ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने फेयरमा Charles Strut University(Study Group), ECA, Holmes Institution, Kaplan Business School, KENT Institute, Southern Cross University, UTS Insearch, TAFE NSW, University of Wollongong, MIT, QIBA, Brighton College, Torrens University र Excelsia College शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

फेयरको माध्यमबाट विद्यार्थीहरुले के–कस्ता लाभ लिन सक्छन् ? भन्ने प्रश्नमा संग्रौला भन्नुहुन्छ–‘हामीले विद्यार्थी तथा अभिभावकहरुको आवश्यकतालाई मध्यनजर गरी समय–समयमा सेमिनार तथा फेयरको आयोजना गरिरहेका छौं । फेयरको माध्यमबाट विद्यार्थीहरुले अष्ट्रेलियाबाट आएका १४ वटा शैक्षिक संस्थाका बारेमा सम्वन्धित संस्थाका प्रतिनिधिहरुसँग अन्तरकृया गरी अष्ट्रेलिया र त्यहाँको शैक्षिक अवस्थाको बारेमा बुझ्ने अवसर पाउँछन् । यो नै विद्यार्थीहरुका लागि अवसर हो ।’

फेयरमा विद्यार्थीहरुले अष्ट्रेलिया कस्तो देश के हो, त्यहाँको शैक्षिक अवस्था कस्तो छ, मैले आफ्नो योग्यता अनुसार कुन शैक्षिक संस्थामा अध्ययन गर्न सक्छु, त्यहाँ गएपछि मैले कस्ता चुनौतीहरुको सामना गर्नुपर्छ, अध्ययन पछिको भविश्य कस्तो छ लगायत सम्पूर्ण विषयको पूर्व जानकारी लिन पाउने पनि एक्सपटले जनाएको छ ।

त्यतिमात्र होइन फेयरमा विद्यार्थीहरुले अष्ट्रेलियन प्रतिनिधिसँग अष्ट्रेलिया जान कति खर्च लाग्छ, के–कस्ता डकुमेन्ट तयार गर्नुपर्छ, आफ्नो योग्ताताले पुग्छ पुग्दैन, अंग्रेजी लेवल कति चाहिन्छ, कुन कोर्ष गर्दा भविश्य उज्ज्वल छ जस्ता विषयको पनि प्रत्यक्ष रुपमा परामर्श लिने अवसर पाउँछन् ।