आइडिपिका कारण बदनाम बन्दै कन्सल्टेन्सी क्षेत्र
काठमाडौं – आइडिपि इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका कारण शैक्षिक परामर्श क्षेत्र बदनाम बन्दै गएको छ । नेपालको कन्सल्टेन्सी क्षेत्रमा बैदेशिक लगानी भित्र्याउन नहुने माग उठेर कन्सल्टेन्सीहरुले रोक्न खोजपनि नेपाली बजाारमा आफ्नै संघर्षका कारण स्थापित आइडिपिले अहिले विभिन्न खालका षड्यन्त्र बुन्दै कन्सल्टेन्सी क्षेत्रलाई बदनाम बनाइरहेको छ । आइडिपिकै षड्यन्त्रका कारण इक्यान फुटेको थियो भने अहिले नेकामा पनि फुटको कारण आइडिपि एजुकेशननै बनेको छ । कन्सल्टेन्सी क्षेत्रका छाता संगठनहरुमा विभिन्न खालका प्रलोभन र आश्वासन देखाउँदै आइडिपिले फाटो ल्याउन थालेपछि कन्सल्टेन्सी क्षेत्र बदनाम बनेको हो ।
नेपालमा आउदै गर्दा इक्यानभित्र खेलेर इक्यान फुटाउन भुमिका खेलेको आइडिपिले अहिले इक्यानबाट फुटेर बनेको नयाँ संस्था राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) मा पनि फाटो ल्याइदिएको छ । सन्तोष प्याकुरेल लगाएको टिमले इक्यानका अध्यक्ष विष्णुहरी पाण्डे लगायतले सरोज बस्नेतहरुको अपमान गरेको भन्दै इक्यानबाट फुटेर नयाँ संस्था दर्ता गरेका थिए । नेकाले विभिन्न खालका गतिविधि गरिरहेको समयमा आइडिपिले नेकाभित्र छिरेर तदर्श समितिलाई विभिन्न खालका प्रलोभन देखाउँदै षड्यन्त्र गर्न थालेपछि असन्तुष्ट बन्दै सरोज बस्नेत लगाएतको टिमले नेका छोड्ने तयारी गरिरहेको छ ।
इक्यानबाट बाहिरिएको सरोज बस्नेतसहितको ठुलो हिस्सा केही दिमानै नेकापनि छोडेको औपचारीक घोषण गर्दैछ । बस्नेतसहितको ठुलो टिमले नेका छोड्नुको मुख्य कारण नेकालाई आइडिपिकरण गरेको र संस्थाका तदर्श समितिले आफ्नो स्वार्थपुर्तिका लागि विभिन्न खालको जालझेल गरिरहेको आरोप लगाएको छ । इक्यानबाट बाहिरिदा आइडिपिको कार्यालय अगाडि खिचिएको फोटोका कारण विवाद उत्पन्न भएपछि इक्यान फुटेको थियो । सरोज बस्नेतकै लागि भनेर खोलिएको नेकामा आइडिपिले बस्नेत अध्यक्ष हुँदा कन्सटेन्सी ब्यबसायीहरुलाई सवएजेण्ट बनाउन नपाइने र व्यापारमा बाधा आउने भएपछि सरोजलाई नेकाको अध्यक्ष बन्नलाई रोक्न विभिन्न खालका सड्यन्त्र गरिरहेको नेका निकट श्रोतको दावि छ ।
आइडिपिले अहिले विश्वविद्यालयको एजेण्ट नभएका कन्सल्टेन्सीहरुलाई सवएजेण्ट बनाएर नेपालको बजार कब्जा गर्ने रणनीतिमा काम गरिरहेको छ । सरोज बस्नेत नेकाको अध्यक्ष भएपछि बजार कब्जा गर्ने रणनीति असफल हुने भएपछि आइडिपिले रातारात तदर्श समितिका सदस्यहरुलाई सवएजेण्ट बनाएर सरोजलाई अध्यक्ष बन्न रोक्ने षड्यन्त्र गरिरहेको बुझिएको छ । सरोज बस्नेतको टिमले आइडिपिनै मुख्य कारक भएको बताएपछि आइडिपिले कन्सल्टेन्सी क्षेत्रलाई बदनाम मात्र होइन तहस नहस बनाउन लागिपरेको छ । आइडिपि नेपालको कन्सल्टेन्सी बजार जति कमजोर भयो उति आफ्नोे ब्यापार बढ्ने आँकलनका साथ विभिन्न संस्थाहरुमा खेलिरहेको छ ।
अहिले नेपालमा अंग्रेजी टेस्ट परिक्षा लिने दुई संस्था मध्यको एक आइडिपि आएल्सका कारण इक्यान पुटेको भन्दै इक्यानले आइडिपिलाई घोषित रुपमै प्रतिबन्द लगाएको छ भने आइडिपिलाई नेपालबाट भगाउनुपर्छ भनेर लभिङ पनि गरिरहेको छ । आइडिपि आएल्सकै बाइप्रोडक्टका रुपमा नेपाल भित्रिएको आइडिपि एजुकेशनले कन्सल्टेन्सी क्षेत्रमा आफ्नो मात्रै दवदवा राख्न खोजिरहेको छ । विश्वका विभन्न देशमा आफ्नो दवदवा रहेको आइडिपिमा ४० भन्दै बढि अस्टे«लियाका विश्वविद्यालयहरुको लगानी रहेको छ ।