नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको नयाँ नियम (भिडियो सहित)

शुक्रबार, १० असोज २०७६

काठमाडौं – अस्ट्रेलियन सरकारले नेपाली विद्यार्थीका लागि नयाँ नियम ल्याएको छ । नयाँ नियमले  नेपाली विद्यार्थीहरुका लागि अस्ट्रेलिया अध्ययन झन कठिन बन्दै गएको छ । अत्याधिक विद्यार्थीहरुको रोजाई बनेको अस्ट्रेलियामा पछिल्लो समय नेपाली विद्यार्थीहरुलाई अस्ट्रेलियन सरकारले कढाई गर्दै लगेको छ ।

अस्ट्रेलियन सरकारले हरेक ६/६ महिनामा निर्धारण गर्ने एसिस्मेन्ट लेभलमा नेपाल एक स्टेप तल झरेपछि नेपाली विद्यार्थीलाई अस्ट्रेलिया अध्ययन झन कठिन बनेको हो । यसअघि नेपाल एसिस्मेन्ट लेभल २ मा थियो । एसिस्मेन्ट लेभल भनेको विद्यार्थीलाई अस्ट्रेलियामा लिएर आउँदा कुन देशको विद्यार्थी कति जोखिममा छ भनेर अस्ट्रेलियन सरकारले निर्धारण गर्ने तह हो ।

अस्ट्रेलियाको एसिस्मेन्ट लेभलमा अमेरिका, युके लगायतका देशहरु पहिलो नम्बरमा छन भने चिन, जापानलगायतका देशहरु दोश्रा नम्बरमा छन् । अस्ट्रेलियन सरकारको यो निर्णयले धेरै नेपाली विद्यार्थीहरु अस्ट्रेलिया अध्ययन गर्ने अवसरबाट बन्चित हुनेछन् । अस्ट्रेलिया अध्ययनका लागि नेपाल सन २००९ सालको हैसियतमा फर्किएको छ । नेपाल २००९ सालदेखि २०१४ सालसम्ममा रिक्स फ्क्टरको तेश्रो नम्बरमा थियो भने २०१४ देखि २०१९ सम्म दोश्रो नम्बरमा बढुवा भएको थियो ।

नेपाल दोश्रो तलहमा हुँदा नेपालीविद्यार्थीहरुका डकुमेन्टमा अटो भिसाको सिस्टम थियो भने अव एक एक डकुमेन्टहरुको भेरिफाइ गरेर मात्र नेपाली विद्याथीहरुलाई अस्ट्रेलियाले भिसा दिने छ । अहिलेपनि अस्ट्रेलियाले भिसा दिन अत्याधिक गाह्रो मानिरहेको छ । विगतमा ८२ प्रतिशतसम्म रहेको नेपाली विद्यार्थीहरुको भिसा रेट अहिले झरेर ७० मा पुगेको छ । अस्ट्रेलियामा भएको एर्आबिटी कलेज काण्ड र नेपालका कन्सल्टेन्सीहरुले गरेका बदमासीहरुलाई लिएर अस्ट्रेलियाले नेपालबाट बढिनै जोखिम हुनसम्ने सम्भावनालाई मध्यनजरगर्दै एक तह घटुवा गरेको जानकारहरुको भनाई छ । थप जानकारीका लागि तलको भिडियो हेर्नुहोस् ।