नेकाको बार्षिक साधारण सभा कार्तिक २३ गते
काठमाडौं – राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को पहिलो बार्षिक साधारण सभा यही कार्तिक २३ गते हुने भएको छ । गैह्रीधाराको एक पार्टी प्यालेसमा हुने साधारण सभाले नयाँ नेतृत्व पनि चयन गर्ने बताइएको छ ।
आज एक राष्ट्रिय दैनिक पत्रिकामा सुचना निकाल्दै २३ गते बार्षिक साधारण सभा जनाएको छ । साधारण सभामा लेखापरिक्षण गर्नेदेखि नेतृत्व चयनका एजेण्डाहरु राखिएको छ । साधारण सभा गर्नका लागि दैनिक पत्रिकामा २१ दिन अघि सुचना निकालेर सबै साधारण सदस्यहरुलाई जनाकारी दिनुपर्ने प्राबधान अनुसार आज सुचना निकालिएको हो ।