फेकनको चियापान कार्यक्रम सम्पन्न (फोटो फिचर)
काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा फेकनले शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको हो ।
काठमाडौंको बागबजारमा रहेको अराधना पार्टी प्यालेसमा बुधबार आयोजित चियापान कार्यक्रममा दुई सयभन्दा बढि परामर्श व्यवसायी तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो । चियापान कार्यक्रममा शिक्षा मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमख फटिक बहादुर केसी, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, इक्यानका पूर्व अध्यक्ष दिपक गुरुङ लगायत शैक्षिक परामर्श व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै फेकनका अध्यक्ष युवराज कटुवालले उपस्थित सबैलाई फेकनको लोगो लगाईदिएका थिए । हेर्नुहोस फेकनको शुभकामना आदानप्रदान कार्यक्रमका मोटिभेटकर्मी सुवास चन्द्र रावतको क्यामरामा कैद भएका केही तस्वीरहरु ।



























