एइसिसि ग्लोवलको घिणृत कार्य, अश्लिल फोटा राख्दै गुगलमा विज्ञापन

बिहिबार, १० पौस २०७६

काठमाडौं – नेपालको शैक्षिक कन्सल्टेन्सी बजारमा अहिले विद्यार्थीको अभाव छ । अस्ट्रेलिया लगायतमा देशहरुमा नेपाली विद्यार्थीहरुको आक्रषण घटेपछि एक बर्षको करोडौं रकम कुम्ल्याउन पल्केका कन्सल्टेसी व्यवसायीहरुलाई अहिले छटपटी भएको छ ।

सरकारले गरेको कडाई र विदेशका कलेजहरुमा देखिएका समस्याका कारण विद्यार्थीहरु घटेपछि व्यवसायीहरुलाई छटपटी भएको हो । विद्यार्थीको अभावमा छटपटिरहेका कन्सल्टेन्सीहरुले आक्रामक अश्लिल विज्ञापन गर्न थालेका छन् । भारतको ब्राण्ड नेपालमा ल्याएर नेपाल विद्यार्थीहरुमा लोप्रिय बन्ने प्रयास गरिररहेको एइसिसि ग्लोवलले अश्लिल सामाग्री प्रयोग गरेर विज्ञापन गरिरहेको पाइएको छ ।

एइसिसिले अश्लिल फोटोहरु राखेर गुगल लगायतका सामाजिक संचालमा विज्ञापन गरिरहेको छ । उसले गरेका विज्ञापनहरु नेपाली समाजले पचाउन लायक छैनन् । यस्ताखालका अश्लिल फोटोहरु राखेर विज्ञापन गर्नु गैरकानुनी कार्य हो । उसले अमेरिका अध्ययनका लागि भनेर गरेको विज्ञापनमा अश्लिल दृष्य राखिएको छ ।

विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई अश्लिल दृष्य देखाएर विद्यार्थी आक्रषण गर्न एइसिसिले यस्तो गैरकानुनी कार्य गरेको हो । सामाजिक संजालमा अश्लिल विज्ञापन गरेको पाइएमा साइवर क्राइमको मुद्धा लाग्ने बरिष्ठा अधिबक्ता बोर्णबहादुर कार्कीले बताए । कसैले प्रहरीमा मुद्धा दायर गरेको खण्डमा प्रहरीले साइवर क्राइमसम्बन्धि कसुरमा छानविन गरि कारवाही गर्ने अधिबक्ता कार्कीको भनाई छ ।

महानगरिय अपराध अनुसन्धन महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक केदार ढकालले  अश्लिल विज्ञापन गर्नु गैरकानुनी कार्य भएको बताए । त्यस्तो कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने उनको भनाई छ । ‘यदी त्यस्तो रहेछ भने प्रहरीले तत्काल एक्सन लिन्छ’, प्रबत्ता ढकालले भने ।

यस्तो खालको विज्ञापन किन गरेको भनेर एइसिसिमा बुझ्दा त्यहाँका प्रमुख सोनु अग्रवाल अस्ट्रेलियामा रहेको र अरु कसैलेपनि यस विषयमा बोल्न चाहेनन् ।

यो पनि पढ्नुहोस

अश्लिल विज्ञापन गर्ने एइसिसिको पत्रकारलाई ज्यान मार्ने धम्की