सरोज बस्नेतको इक्यानमा कमव्याक, यसरी गरियो स्वागत
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का पूर्व उपाध्यक्ष सरोज बस्नेत फेरी इक्यानमा फर्किएका छन् । केही समय अघि इक्यानबाट बाहिरिएका बस्नेतसहित ४० जनताको टिम फेरी इक्यान फर्किएको हो ।
आन्तरिक विवादमा केही समयअघि इक्यान छोडेका बन्नेतसहितको ४० सदसीय टोलीलाई इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले इक्यानमा स्वागत गरेको थिए । पाण्डेले अविर, खादा र सदस्यताको प्रमाणपत्र सहित उनीहरुलाई स्वागत गरेका हुन् । बस्नेतलाई इक्यानको सल्लाहकारको रुपमा जिम्मेवारी दिइएको छ ।
फर्किएका सदस्यहरुलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले अब सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताए । कार्यक्रममा बोल्दै महासचिव शेषराज भट्टराईले उहाँहरु केही समय विदामा बस्नुभएको भन्दै व्याङ्ग्य गरेका थिए ।
कार्यक्रममा बोल्दै सरोज बस्नेतले हिजोका दिनमा जे जस्तो गल्ती भए पनि अब आगामी दिनमा मिलेर अगाडि बढ्नुपर्ने बताए ।